राष्ट्रिय वाणिज्य बैंकले मनायो ५१ औं वार्षिकोत्सव,२०६४ सालदेखि रोकिएको वोनश वितरण गर्न माग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

राष्ट्रिय वाणिज्य बैंकले मनायो ५१ औं वार्षिकोत्सव,२०६४ सालदेखि रोकिएको वोनश वितरण गर्न माग



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले स्थापनाको ५१औं वार्षिकोत्सव मनाएको छ । हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । २०६० सालमा २३ अर्ब ५६ करोड कुल संचित नोक्सानी व्यहोरेको बैंक २०७२ पौषसम्ममा संचित नोक्सानी १ अर्ब भन्दा तल झार्न सफल भएको छ ।

बैंक चालु आर्थिक वर्षको पौष मसान्तसम्ममा १ अर्ब ४२ करोड नाफा गर्न सफल भएको जनाइएको छ । बैंकको भाखा नाघेको कर्जा ३ प्रतिशतभन्दा तल रहेको बैंकले जनाएको छ ।

विगतमा बैंकको यस्तो निष्कृय कर्जा ६० प्रतिशत भन्दा बढी थियो । कुनै समय उच्च जोखिममा रहेको बैंक बित्तीय क्षेत्र सुधार कार्यक्रमपछि सुधारिएको हो । विगतको कार्यशैली र प्रविधिको प्रयोगका कारण बैंकको प्रतिश्पर्धी क्षमता पनि बढेको बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत भेषराज पन्थीले बताए ।

नेपाल सरकारको पूर्ण स्वामित्वमा संचालित बैंकले हाल १६३ वटा शाखासहित ६८ जिल्लामा संजाल विस्तार गरी सेवा पुर्‍याइरहेको बैंकले जनाएको छ । वार्षिकोत्सव कार्यक्रममा बैंकका कर्मचारीहरुले व्यावसायिक प्रमुख कार्यकारी नियुक्त गर्न बैंक व्यवस्थापनको ध्यानाकर्षण गराएका थिए ।

कर्मचारीहरुले २०६४ सालदेखि रोकिएको वोनश वितरण गर्न पनि माग गरेका छन् ।

प्रकाशित : १० माघ २०७२, आईतवार १४:३३