३५ प्रतिशतले दूध उत्पादनमा कमी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

३५ प्रतिशतले दूध उत्पादनमा कमी



काभ्रे । विनाशकारी भूकम्पका कारण काभ्रेपलाञ्चोकमा झन्डै ३५ प्रतिशतले दूध उत्पादनमा कमी आएको छ । पाँच नगरपालिका र अधिकांश गाविसमा गरि भूकम्पका कारण ठूलासाना गरी पाँच हजार चार सय सय ३९ पशुचौपाया मरेका थिए । जिल्लामा भूकम्पबाट एक हजार सात सयको हाराहारीमा दुधालु पशुचौपाया मरेका कारण दूध उत्पादनमा ह्रास आएको हो । विगतमा तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको थियो । अहिले बजारमा दूधको बिक्रीमा ६५ प्रतिशतले कमी आएको छ । ‘दूधको आपूर्ति सहज रूपमा नभएको र मानिसकै बस्ने ठेगान नभएकाले दूधको मागमा स्वतः कमी आएको पशुसेवा कार्यालय काभ्रेपलाञ्चोकका पशु चिकित्सक मणि सापकोटाले बताएका छन् । पाँचखाल, कासिखण्ड दाप्चा नगरपालिका, चण्डेनीमण्डन क्षेत्र, महादेवस्थान, कुशादेवी, भीमखोरीलगायत गाविस पशुपालनका लागि उपयोगी क्षेत्र मानिन्छन् । भूकम्पबाट बाँचेका पशुचौपायालाई संरक्षण गर्ने नीति ल्याए करिब तीन महिनाभित्र दूधको उत्पादन पुरानै अवस्थामा फर्किने अवस्था भएको सापकोटाको भनाइ छ । पशुचौपायालाई गोठको व्यवस्थापन तथा आहारको व्यवस्था गर्नसके त्यसबाट दोब्बर दूधको उत्पादन लिन सकिनेछ । पशुचौपायालाई के कसरी बचाउने भन्नेबारे किसानहरू पशुसेवा कार्यालय धुलिखेलमा सल्लाह माग्न आउन थालेका छन् । ‘राहतसँगै पशुचौपायाका लागि त्रिपालको पनि माग आउन थालेको छ,’ सापकोटाले भने ।

प्रकाशित : ७ जेष्ठ २०७२, बिहीबार १६:०७