सहकारी क्षेत्रमा भएका विसङ्गतिलाई व्यवस्थित गर्न सहकारी ऐनः उपप्रधानमन्त्री केसी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सहकारी क्षेत्रमा भएका विसङ्गतिलाई व्यवस्थित गर्न सहकारी ऐनः उपप्रधानमन्त्री केसी



काठमाडौँ । उपप्रधानमन्त्री एवम् सहकारी तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले मुलुकको आर्थिक समृद्धिका कारण सहकारीलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।

मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री केसीले सहकारी क्षेत्रमा भएका विसङ्गतिलाई व्यवस्थित गर्न सहकारी ऐन २०७२ ल्याउने तयारीमा सरकार रहेको जानकारी दिए ।

मुलुकको अर्थतन्त्रको तीन खम्बामध्येको एक खम्बाका रुपमा रहेको सहकारीलाई नियमन गर्नुपर्नेमा उहाँको जोड थियो । केही सहकारीमा रहेको समस्याका कारण सम्पूर्ण सहकारी बदनाम हुन पुगेको समेत उनले बताए ।

मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारीले राष्ट्रिय सहकारी नीति २०६९ कार्यान्वयनमा आइसकेकाले यसमा देखिएका समस्याहरु समाधान गर्न सरकार र सहकारी संस्थाहरुको सामूहिक प्रयासको खाँचो औँल्याए ।

मन्त्रालयले सहकारी प्रशिक्षण केन्द्रलाई राष्ट्रिय सहकारी प्रतिष्ठानको रुपमा स्थापित गर्न सम्भाव्यता अध्ययन गर्ने र पुनःनिर्माण गर्ने कार्य अघि बढाएको सो अवसरमा जानकारी दिइयो । नेपालभर करिब ३३ हजारको सङख्यामा सहकारी संस्थाहरु छन् ।

प्रकाशित : १३ माघ २०७२, बुधबार १५:२७