रिक्त रहेको २ जना डेपुटी गभर्नरको पदका लागि ४ जनाको नाम सिफिरिस « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

रिक्त रहेको २ जना डेपुटी गभर्नरको पदका लागि ४ जनाको नाम सिफिरिस



काठमाडौं। नेपाल राष्ट्र बैंकमा रिक्त रहेको २ जना डेपुटी गभर्नरको पदका लागि ४ जनाको नाम सिफिरिस भएको छ । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले २ जना डेपुटी गभर्नरका लागि ४ जनाको नाम मन्त्री परिषद समक्ष सिफारिस गरेका हुन् ।

उनले गरेको सिफारिस अनुसार त्रिलोचन पङ्गेनी, चिन्तामणी शिवाकोटी, नारायण पौडेल र शिवनाथ पाण्डेको नाम रहेको छ । पङ्गेनी काङ्गे्रस र शिवाकोटी एमाले कोटाबाट सिफारिसमा परेका हुन् भने पौडेल र पाण्डे पनि काङ्गे्रसकै सिफारिसमा परेका हुन् ।

२०४४ साल फागुन महिनामा नेपाल राष्ट्र बैंकमा प्रवेश गरेका त्रिलोचन पंगेनी अहिले राष्ट्र बैंकको कार्यकारी निर्देशक तथा प्रवक्ताका रुपमा कार्यरत छन् । २०४४ साल चैत महिनामा नेपाल राष्ट्र बैंकमा प्रवेश गरेका चिन्तामणि शिवाकोटी, २०४६ साल जेठ महिनाबाट राष्ट्र बैंकमा प्रवेश गरेका नारायण पौडेल र २०४२ साल बैशाख महिनामा राष्ट्र बैंक प्रवेश गरेका शिवनाथ पाण्डे सबै जना बैंकको कार्यकारी निर्देशक हुन् ।

प्रकाशित : १५ माघ २०७२, शुक्रबार १५:०५