औद्योगिक क्षेत्रमा असर परेको छैन : उद्योग विभाग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

औद्योगिक क्षेत्रमा असर परेको छैन : उद्योग विभाग



काठमाडौं । वैशाख १२ र त्यस यताका पराकम्पले कयौं भौतिक संरचनामा क्षति पुगेको भएपनि औद्योगिक क्षेत्रमा भने त्यसको कुनै असर परेको छैन ।

भूकम्पका कारण प्रभावित जिल्लाका शिक्षा, स्वास्थ्य लगायत सार्वजनिक महत्वका कयौं भवनमा क्षति पुगेको भएपनि उद्योगमा कुनै पनि किसिमको क्षति नभएको उद्योग विभागले दाबी गरेको छ ।

भूकम्प गएपछि क्षतिको विवरण संकलन गर्नका लागि उद्योग विभागमा दर्ता भएका उद्योगलाई क्षति भए÷नभएको बारेमा यथार्थ विवरण उपलब्ध गराउन मातहतको निकायलाई सूचना जारी गरिएको थियो ।

अहिलेसम्म उद्योगमा क्षति पुगेको बारेमा कुनै पनि जानकारी प्राप्त नभएको उद्योग विभागले जनाएको छ । भूकम्प लगत्तै पीडितलाई सहयोग गर्ने सन्र्दभमा प्रभावित क्षेत्रमा खाद्य पदार्थ सप्लाई गर्ने कामको जिम्मेवारी विभागले लिएको थियो ।

विभागले उद्योगीसँग छलफल गरी विभागका कर्मचारी समेतको रोहवरमा उद्योगीले आ–आफ्ना उत्पादन थापाथलि स्थित खाद्य गोदाममा जम्मा गर्ने र प्राप्त विलको आधारमा मन्त्रालयले १५ दिन भित्र भुक्तानी गर्ने गरी खाद्यान्न संकलन गरेको थियो ।

प्रकाशित : ८ जेष्ठ २०७२, शुक्रबार ०२:३५