एक साताभित्र उर्जा संकटकाल घोषणा गर्ने सरकारको तयारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एक साताभित्र उर्जा संकटकाल घोषणा गर्ने सरकारको तयारी



काठमाडौं । सरकारले एक साताभित्र उर्जा संकटकाल घोषणा गर्ने तयारी गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले ऊर्जा प्रवद्र्धनका आवश्यक नीति तथा कार्यक्रमसहित एक साताभित्र ऊर्जा संकटकाल घोषण गर्ने बताएका हुन् ।

नीतिमूलक अनुसन्धान तथा विकास संस्था(इप्राड)ले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा उनले ऊर्जा क्षेत्रको तत्कालीन एवं दीर्घकालीन योजनासहित स्पस्ट योजना घोषणा गर्ने अन्तिम तयारीमा सरकार रहेको जानकारी दिएका हुन् ।

ऊर्जा संकट के हो र यसको समाधानको उपाय के हो ? यस विषयमा मूर्त समाधानको उपायसहित एक सातामा सरकारले तत्काल, मध्यकाल र दीर्घकालमा गर्ने कार्यक्रमसहित स्पस्ट दृष्टिकोण सार्वजनिक गर्ने उनले उल्लेख गरेका छन् ।

कानुनी अड्चनका कारण जलविद्युत् उत्पादनमा समस्या आउन नदिनेसम्मको अवधारणा कार्यक्रममा राखिने जनाइएको छ ।

प्रकाशित : १५ माघ २०७२, शुक्रबार १६:१८