नेपाल टेलिकमको बागमती सफाई महाअभियान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेपाल टेलिकमको बागमती सफाई महाअभियान



काठमाडौं । नेपाल टेलिकमको शनिबार नेपाल टेलिकम बागमती सफाई महाअभियानमा सहभागी भएको छ । आफ्नो १२औं वाषिर्कोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफूहरु बागमती सफाइ अभयिानमा सहभागि भएको कम्पनीका प्रवन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले बताए ।

प्रबन्ध निर्देशक आचार्यले यस अभियानका अभियन्ता एवं पूर्वमुख्यसचिव लीलामणि पौड्याललाई बागमती सफाई कार्यमा प्रयोग हुने विभिन्न सामग्रीहरु हस्तान्तरण गरे ।

सफाई अभियानमा नियमित संलग्न हुने अभियन्ताहरुका लागि एक सय जोर बुट, एक सय थान ट्रयाकसुट, ३ सय जोर ह्यान्ड ग्लोब, २ सय थान फोहोर तान्ने सुइरो र एक सय थान फोहोर संकलन गर्ने डोको हस्तान्तरण गरिएको थियो ।

उक्त अवसरमा नेपाल सरकारका पूर्व मुख्य सचिव लीलामणि पौड्यालले नेपाल टेलिकमले सुरुवातदेखि नै बागमती सफाई अभियानमा सहयोग पुर्‍याएको र टेलिकमको सहयोग नभएको भए सम्भवतः सफाई अभियान यो अवस्थामा आउन पनि नसक्ने भन्दै कम्पनीले गरेको सहयोगको लागि आभार प्रकट गर्नु गरे ।

सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले नेपाल टेलिकमले आफ्नो वाषिर्कोत्सव मनाउने सन्दर्भमा बागमती सफाई अभियनमा संलग्न भएकोमा आभार प्रकट गर्दै बागमती किनारका विभिन्न स्थानमा शौचालय र पार्कलगायत अन्य आवश्यक पूर्वाधार निर्माणका लागि कम्पनीलाई सहयोगका लागि आग्रह गर्न लागेको बताए ।

सोअवसरमा कम्पनीका प्रबन्ध निर्देशक आचार्यले बागमती सफाई अभियानमा कम्पनीका कर्मचारीहरु सहभागी हुनुका साथै सफाई कार्यका लागि आवश्यक सामग्रीहरु समेत सहयोग गर्दै आएको बताए ।

सफाई अभियानका लागि कम्पनीमा कार्यरत कर्मचारीहरु बबरमहलस्थित दूरसञ्चार तालिम केन्द्रमा भेला भई लामबद्ध रुपमा प्लेकार्ड, ब्यानरहरुका साथ अभियन्ताहरुको अगुवाइमा बानेश्वर क्याम्पसस्थित बागमती नदीमा पुगेका थिए । उक्त सफाई अभियानमा नेपाल टेलिकमका तर्फबाट प्रबन्ध निर्देशक, नायव प्रबन्ध निर्देशकहरु, प्रबन्धकहरु, बरिष्ठ अधिकृतहरु लगायत उपत्यकाभित्रका कार्यालयमा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

कम्पनीले २०७० साल देखि नै वाषिर्कोत्सवका अवसरमा बागमती सफाई कार्यमा प्रयोग हुने विभिन्न सामग्रीहरु उपलब्ध गराउनुका साथै कम्पनीका कर्मचारीहरु पनि सफाई कार्यमा सहभागी हुँदै आएका छन् ।

बाग्ामती नदीको सफाई, स्वच्छता र संरक्षण एवं बागमती सभ्यताको प्रवर्द्धनको लागि २०७० जेठ ५ गतेदेखि यो अभियान सञ्चालन हुदै आइरहेको छ । नेपाल टेलिकमले बाग्ामती सफाई अभियान सुरु भएको दोस्रो हप्ता देखि नै हरेक हप्ता आफ्ना ग्राहकहरुलाई सफाई अभियानमा संलग्न हुन कम्पनीको तर्फबाट एसएमएस समेत पे्रषित गर्दै आएको छ ।

प्रकाशित : १६ माघ २०७२, शनिबार १०:०४