संसारका कान्छा अर्वपति सँधै एकै खाले कपडा किन लगाउँछन् ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

संसारका कान्छा अर्वपति सँधै एकै खाले कपडा किन लगाउँछन् ?



एजेन्सी ।यदि तपाइँसँग अरवौंको सम्पति छ भने निश्चित छ कि तपाइँ स्मार्ट देखिने गरेर पहिरन छनौट गर्नु हुन्छ । अर्वपतिहरुले चाहेको डिजाइनरको हातबाट तयार पारिएको कपडा लगाउन सक्छन् । तर संसारका कान्छा अर्वपति मध्ये एक चर्चित सामाजिक सञ्जाल फेसबुकका मालिक मार्क जुकर्वर्गले सँधै उस्तै खाले टी-शर्ट लगाउँछन् । उनले लगाउने टी-शर्टको कलर फरक भएपनि करिव करिव उस्तै देखिन्छन् ।

Mark-Zukerberg-fashion-1

मार्कले सोमबार फेसबुक वालमा लेखे की ‘म पिता बनेको खुसियालीमा विदा बनाउन आएको छु के लगाउनु राम्रो?’ उनको यो पोष्ट करिव ४० हजार मानिसले शेयर गरे ।

त्यस्तै ८० हजार भन्दा बढी मानिसले सुझाव सहित कमेन्ट पनि गरे । यो तस्विरमा उनले लगाउने कपडा देखाइएको थियो जसमा केवल २ रंग मात्र थियो ।

अधिकतम मानिसहरुले मार्कलाई समर्थन गर्दै भने कि, “एक अर्वपति भएपनि मार्कलाई फेशन र कारको शोख छैन । मलाई तपाइँप्रति गर्व छ” ।

एक अन्तर्वार्तामा मार्कले आफूलाई कपडा छान्ने जस्तो सानो सानो कामका लागि समय नभएको र आफूलाई कपडा छानिरहने चाहाना नभएको बताएका थिए । उनले भनेका छन् कि, “एक अध्यनका अनुसार यदि मानिसले आफ्नो कपडा वा विहानको खाजा बारे सोंचेर बस्छ भने उसले आफ्नो उर्जा ब्यर्थै खर्च गरिरहेको छ” ।

मार्कले भनेका छन् कि उनी कपडा छनौटमा आफ्नो समय वरवाद गर्न चाहन्नन् । उनी भन्छन्, “म हरेक समय समाजलाई केही नयाँ कुरा दिन चाहन्छु” ।

Mark-Zukerberg-fashion-3

प्रकाशित : १६ माघ २०७२, शनिबार १०:२२