वाईफाई भन्दा पनि शक्तिशाली लाईफाई प्रविधि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

वाईफाई भन्दा पनि शक्तिशाली लाईफाई प्रविधि



एजेन्सी । डाटा कनेक्सन पनि राम्रोसँग नहुने हामीहरुका अगाडि एउटा समाचार सार्वजनिक भएको छ- वाईफाई भन्दा पनि शक्तिशाली लाईफाई प्रविधि छिट्टै नै बजारमा आउने भएको छ ।
लाईफाई प्रविधिको क्षमता वाईफाइको तुलनामा सय गुणा बढ हुने बताइन्छ । एजेन्सीहरुले जनाए अनुसार, वर्षौं को अनुसन्धानपछि यसलाई  प्रयोग गरिएको हो । लाईफाईको कनेक्टिभिटी गति एक जिबिपिएससम्म नापिएको छ । सामन्यतया आम वाईफाई राउटर्समा एक सय एमबिपिएसको कनेक्टिभिटी स्पीड हुने गर्छ । लाईफाईको यो स्पिडले गीतको एल्बम, हाई डेफिनेशन फिल्म र भिडियो गेम्सलाई एक सेकेन्डमा डाउनलोड गर्न सकिनेछ ।

lifi technology alternative to vifi li-fi logo world
lifi technology alternative to vifi li-fi logo world

लाईफाईको यो स्पिड डाटा ट्रान्सफर भइरहेको आधारमा निर्भर हुन्छ । यो प्रविधिमा डाटा भिजिबल लाइट कम्युनिकेशनबाट ट्रान्सफर हुने गर्छ । तर यो प्रविधिको केही कम्जोरी पनि रहेका छन् । भिजिबल लाइटमा निर्भर हुने भएकाले लाईफाई पर्खालबाट जान सक्दैन । तर यसको नेट्वर्क भने धेरै सुरक्षित छ । तीब्र गति हुने भएकाले अहिलेको प्रविधिमा पनि लाईफाईले ब्यापक सुधार ल्याउनेछ ।

एडिनबरा विश्वविद्यालयका प्राध्यापक हेराल्ड हासले यो प्रविधिको खोजी गरेर सन् २०१२ मा यसलाई लाईफाई नामाकरण गरेका थिए । लाईफाईको विकासमा लागेका वैज्ञानिकहरुले यसलाई सन् २०१९ सम्ममा व्यवसायिकरुपमा प्रयोग गर्नका लागि पेश गर्न सकिने जनाएका छन् । प्राध्यापक हासले सन् २०११ मा टिइडी टल्कमा भने अनुसार यदि यसको पूर्वाधार सहीरुपमा विकास हुन सक्यो भने लाईफाईको प्रयोग धेरैमात्रामा बढ्ने बताएका थिए । विभिन्न अनलाइनकोसहयोगमा

प्रकाशित : १७ माघ २०७३, सोमबार १५:२१