आयोगकै कार्यादेशको परिधिभित्र रहेर प्रतिवेदन बनाउने सहमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आयोगकै कार्यादेशको परिधिभित्र रहेर प्रतिवेदन बनाउने सहमति



काठमाडौं । राष्ट्रिय योजना आयोगले जेष्ठ मसान्तभित्र विपद्पछिको आवश्यकता प्रतिवेदन सार्वजनिक गर्नेगरी द्रूत गतिमा काम भइरहेको जनाएको छ ।

आयोगको नेतृत्वमा बनाइने उक्त प्रतिवेदनमा दातृ निकायहरुले पनि सहमति जनाएका छन् । बुधबार र विहीबार दुईदिन आयोगले नेपालस्थित विभिन्न दातृ निकायसँग छलफल गरी आयोगकै कार्यादेशको परिधिभित्र रहेर प्रतिवेदन बनाउने सहमति भएको जनाएको हो ।

विहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आयोगका सदस्य डा. स्वर्णीम वाग्लले आ–आफ्नो किसिमले अगाडि बढ्न खोजेका दातृ निकायहरुलाई सरकारको नेतृत्वमा ल्याउन आयोग सफल भएको बताए ।

आयोगले विभिन्न २३ ओटा क्षेत्रलाई समेटेर प्रतिवेदन बनाइरहेको छ । यहि प्रतिवेदनको आधारमा जुन ३० भित्र मध्यमस्तरको दातृ सम्मेलन हुनेछ भने आगामी बजेटले पनि प्रतिवेदनलाई समेट्ने आयोगले जनाएको छ ।

दातृ निकायसँग भएको छलफलमा विश्व बैंक, जाइका, युरोपियन युनियन, एसियाली विकास बैंक र युएनडीपीलाई अन्य दातृ निकायसँग समन्वय गर्ने गरी टिम बनाइएको आयोग सदस्य डा. गोविन्द नेपालले बताए ।

दुईदिने गोष्ठिमा स्वदेशी तथा विदेशी गरी २ सय ८० जना सहभागी रहेको पनि आयोगले जनाएको छ ।

प्रकाशित : ८ जेष्ठ २०७२, शुक्रबार ०२:४१