भिडियो डाउनलोड गर्ने यी ५ एप्स « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

भिडियो डाउनलोड गर्ने यी ५ एप्स



570104588_1453967522 प्ले स्टोरमा विभिन्न प्रकारका भिडियो डाउनलोड गर्न मिल्ने एप्स छन् । तर यी सबै एप्सबाट सहजै भिडियो डाउनलोड गर्न सकिदैन । सजिलै भिडियो डाउनलोड गर्न मिल्ने केही एप्स यस्ता छन् ।

१. एचडी भिडियो डाउनलोडर (HD Video Downloader)

प्ले स्टोरमा यो एप फ्रि छ । यो एपका मद्दतले विभिन्न एक्सटेन्सनको भिडियो डाउनलोड गर्न सकिन्छ ।

२. फ्रि भिडियो डाउनलोडर (Free Video Downloader)

यस एपमा एकै साथ एक भन्दा बढी भिडियो डाउनलोड गर्न सकिन्छ । भिडियोका साथै अन्य फाइल पनि डाउनलोड गर्न सकिन्छ ।

३. इजी डाउनलोडर (Easy Downloader)

यस एपबाट ठूलो साइजको फाइल डाउनलोड गर्न सकिन्छ र डाउनलोडको क्रममा बीचमा रोक्न पनि मिल्छ ।

४. डाउनलोड म्यानेजर फर एन्ड्रोइड (Download Manager for Android)

यस एपले कुनै पनि प्रकारको भिडियो डाउनलोड गर्छ। डाउनलोडको क्रममा पज र रिज्युम गर्न सकिन्छ ।

५. भिडियो डाउनलोडर (Video Downloader)

यस एपमा डाउनलोडको कुनै पनि सिमा छैन । विभिन्न भाषामा भिडियो डाउनलोड गर्न सकिन्छ । -सेतोपाटीबाट

प्रकाशित : १६ माघ २०७२, शनिबार १६:३३