अख्तियार प्रमुख लोकमानसिंहको सम्पत्ति छानविन गर्न वाईसिएलको माग, भ्रष्टहरुसँग हिमचिमको आरोप « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

अख्तियार प्रमुख लोकमानसिंहको सम्पत्ति छानविन गर्न वाईसिएलको माग, भ्रष्टहरुसँग हिमचिमको आरोप



lokman-to-yclकाठमाडौं । एकीकृत नेकपा माओवादी सम्बद्ध युवा संगठन योङ कम्युनिष्ट लिग (वाइसीएल) ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको सम्पति छानबिनको माग गरेको छ ।  हालै सम्पन्न राष्ट्रिय भेलाको निर्णय सार्वजानिक गर्न आयोजित पत्रकार सम्मेलनमा वाइसीएलले अख्तियार प्रमुख आयुक्त सहित अन्य आयुक्तहरुको पनि सम्पत्ति छानबिनको माग गरेको हो ।

भ्रष्टाचार नियन्त्रणको जिम्मा पाएको अख्तियार प्रमुख आयुक्त कार्की रायमाझी आयोगले दोषी ठहर गरेको व्यक्ति भएको र उनको अहिले पनि भ्रष्टहरुसँग रहेको हिमचिम वाईसिएलको आरोप छ । त्यस्तै वाइसीएलले जनआन्दोलनका बेला गठित रायमाझी र मल्लिक आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ ।

त्यस्तै अख्तियारका प्रमुख कार्की र आयुक्तहरुको विश्वसनीयतामाथि प्रश्न उठेको भन्दै वाइसीएलले उनीहरुको सम्पत्ति छानविन गर्न माग पनि गरेको उल्लेख गरेको छ । आयोगले पछिल्लो समय भ्रष्टाचार नियन्त्रणमा सामान्य देखावटी प्रचार गरेको र आयोगका उच्च पदस्थ कर्मचारीहरु मुख्य भ्रष्ट र तस्करहरुको संरक्षणमा लागेकाले आयोगको विश्वासनीयतामा प्रश्न उठेको भन्दै वाईसीएलले नै भ्रष्टाचारीहरुको प्रमाण संकलन गर्ने, सुचि तयार गर्ने र राज्यको सम्बन्धित निकायमा बुझाउने कामको अभियान छेड्ने घोषणा गरेको छ ।

वाईसिएलले जनयुद्धकालिन मुद्दाहरुलाई निरपण गर्नुसट्टा राज्यले नै ब्युँताउने काम गरेको भन्दै वाईसीएलले पनि देशैभरका राज्यपक्षबाट भएको दमनका घटनाहरु ब्युँताउने चेतावनी दिएको छ । वाइसीएलले सशस्त्र द्वन्द्वकालको मुद्दा शान्ति सम्झौता अनुसार आयोगबाट टुंग्याउनु पर्ने माग समेत गरेको छ ।

पुनर्निर्माणमा १४ हजार युवा परिचालन गरिने

एमाओवादीको युवा संगठन वाइसीएलले पुनर्निर्माण अभियानमा १४ हजार युवा परिचालन गर्ने घोषणा गरेको छ । यसका लागि पुनर्निर्माण प्राधिकरणसँग मिलेर काम गर्न तयार रहेको भन्दै प्राधिकरणको मागअनुसार नै स्वयंसेवक खटाउने वाईसीएलले निर्णय गरेको अध्यक्ष शर्माले जानकारी दिए ।

भूकम्पबाट अति प्रभावित १४ जिल्लामा १४ हजार स्वयंसेवक परिचालन गर्ने र परिचालन गर्ने जनशक्तिको दक्षताबारे प्राधिकरणलाई  वाईसीएलले लिखित रुपमा अनुरोध गर्ने जनाएको छ । पुनर्निर्माणमा स्वयंसेवक परिचालन गर्ने घोषणा गरेको वाईसीएलले सरकारी पूनर्निर्माणको योजना, दाताको सहयोग र स्वंयमसेवकको परिचालन कार्य्विधिमा पारदर्शीता हुनुपर्ने माग समेत अघि सारेको छ ।

प्रकाशित : १७ माघ २०७२, आईतवार १४:०५