असार मसान्त भित्रै २५ जिल्लाका गरिबलाई परिचयपत्र « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

असार मसान्त भित्रै २५ जिल्लाका गरिबलाई परिचयपत्र



काठमाडौं । सरकारले गरिब पहिचान भएका घरपरिवारलाई स्मार्ट कार्ड दिने भएको छ । सामाजिक सुरक्षाका कार्यक्रम लैजान तथा यस्ता कार्यक्रममा दोहोरोपन नियन्त्रण र खर्च कम गर्न भन्दै सामान्य जानकारी समावेश भएको कार्ड दिन लागिएको छ ।

राजधानी दैनिकमा समाचार छ -सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको गरिब घरपरिवार पहिचान र परिचयपत्र व्यवस्थापन तथा वितरण समन्वय वोर्डले गरिब नागरिकलाई स्मार्ट कार्ड वितरण गर्ने तयारी गरेको हो ।
आमागी असार मसान्त भित्रै २५ जिल्लाका गरिबलाई परिचयपत्रका रुपमा स्मार्ट कार्ड दिने तयारी भएको बोर्डका कार्यकारी उपाध्यक्ष चिन्तन पौडेलले जानकारी दिए ।

प्रकाशित : १८ माघ २०७२, सोमबार ०२:५६