चिनियाँ जहाजका १४ पाइलटको लाइसेन्स फेल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

चिनियाँ जहाजका १४ पाइलटको लाइसेन्स फेल



काठमाडौं । चिनियाँ वाई १२ ई ‘कोइली’ नामक १८ सिट क्षमताको विमान उडाउने सबै पाइलटको लाइसेन्स फेल भएको छ । यसमा आबद्ध १४ जना पाइलटको उडान अनुमति पत्र दुई महिनादेखि नवीकरण भएको छैन । वाई १२ ई जहाज उडाउने चार जना क्याप्टेन र १० जना कोपाइलटले नियमित उडान गर्न नपाउँदा लाइसेन्स फेल भएको  छ ।

लाइसेन्स नवीकरणका लागि तोकिएको मापदण्डअनुसार नियमित उडान गर्नुपर्छ । प्रशिक्षक पाइलटको अभावमा दुई महिनाभन्दा लामो समयदेखि जहाज उडान नहुँदा सबैको लाइसेन्स फेल भएको नेपाल वायु सेवा निगमले जानकारी दिएको छ ।

२० लाखमै तालिम दिन चीन तयार

चीनले यसअघि एक जना प्रशिक्षक पाइलट आईपी लाई तालिम दिन ९० हजार डलर मागेको भए पनि पर्यटन मन्त्रीले यो शुल्क अधिक भएकाले घटाउन गरेको आग्रहअनुसार १९ हजार डलरमा तालिम दिन चीन सहमत भएको हो । अाजकाे अन्नपूर्ण पोष्ट दैनिकमा खबर रहेकाे छ ।

प्रकाशित : १८ माघ २०७२, सोमबार ०३:११