एक महिनाभित्र ६ महिनालाई पुग्ने खाद्यान्न भन्डार हुन्छ : मन्त्री थापा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

एक महिनाभित्र ६ महिनालाई पुग्ने खाद्यान्न भन्डार हुन्छ : मन्त्री थापा



काठमाडौं  । सरकारले भूकम्पका कारण कृषि क्षेत्रमा ठूलो क्षति पुगेको भन्दै भोकमरीको समस्या आउन नदिन ६ महिनाका लागि पुग्ने खाद्यान्न खरिदको प्रक्रिया अगाडि बढाएको छ ।

वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापाले आउँदो ६ महिनाका लागि पुग्ने खाद्यान्न एक महिनाभित्र खरिद गरिसक्ने गरी प्रक्रिया अगाडि बढाइएको बताउनुभयो । रिपोर्टस क्लबले शुक्रबार काठमाडौंमा गरेको साक्षात्कारमा मन्त्री थापाले मौज्दात रहेको खाद्यान्न सकिन लागेकाले खरिदको प्रक्रिया अघि बढाइएको बताउनुभयो ।

उहाँले भूकम्प प्रभावित जिल्लामा चामल, चिनी, नुन लगायतका खाद्यान्न बेलुनजस्तो ब्ल्याडरमा भण्डारण गरिने पनि बताउनुभयो । कृषि विकास मन्त्रालयका अनुसार भूकम्पका कारण झण्डै ८ अर्ब ११ करोड रुपैयाँ बराबरको एक लाख ३५ हजार मेट्रिक टन खाद्यान्न क्षति भएको छ ।

वाणिज्य तथा आपूर्तिमन्त्री थापाले खाद्यान्नका अलावा पेट्रोलियम पदार्थ पनि ६ महिनालाई पुग्ने गरी भण्डारण गरिने बताउनुभयो ।

प्रकाशित : ८ जेष्ठ २०७२, शुक्रबार १२:२३