सरकारी जग्गा हडप्ने गिरोह खोज्दै अख्तियार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सरकारी जग्गा हडप्ने गिरोह खोज्दै अख्तियार



काठमाडौं । सरकारी जग्गा हडप्ने गिरोहविरुद्द अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीले विशेष अभियान थालेका छन् । मालपोत र नापीका कर्मचारीसँग मिलेर अर्बौं रुपैया बराबरका जग्गा किर्ते गर्ने व्यक्ति तथा समूह खोजीमा दुवै निकाय सक्रिय बनेका हुन् ।

काठमाडौं, ललितपुर र भक्तपुरस्थित करिब ५०० रोपनी जग्गामा एक वर्षदेखि प्रहरीले सुरक्षा दिइरहेको छ । अख्तियारले १ वर्षमा काठमाडौंसहित देशभर गिरोहको सेटिङबाट व्यक्तिको नाममा नामसारी गरिएको करिब ७०० रोपनी जग्गा सरकारी स्वामित्वमा फिर्ता ल्याएको छ ।

अख्तियार प्रवक्ता कृष्णहरि पुष्करले फिर्ता भएको जग्गासँगै दलाल र सरकारी कर्मचारी पनि कारबाहीमा परेको बताए । आजको कारोबार दैनिकमा खबर छ ।

प्रकाशित : १८ माघ २०७२, सोमबार ०३:१०