इन्धन माग्दा नाकाबन्दी गर्ने भारतले पाँच गुणा बिद्युत दिने रे …… « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

इन्धन माग्दा नाकाबन्दी गर्ने भारतले पाँच गुणा बिद्युत दिने रे ……



काठमाडौं । नाकाबन्दी लगाएर इन्धन संकटको कारण बनिरहेको भारतले आगामी २ वर्षभित्र नेपाललाई लोडसेडिङमुक्त बनाउन सहयोग गर्ने भएको छ । उसले साबिकभन्दा ५ गुणा बढी बिजुली दिने प्रतिबद्धता जनाएको छ ।

‘सन् २०१७ को अन्त्यसम्म अन्तरदेशीय(क्रसबोर्डर) प्रसारणलाइनका अतिरिक्त अन्य प्रसारणलाइनको क्षमता अभिवृद्धि गरी ९४० मेगावाटसम्म बिजुली आपूर्ति गरिनेछ,’ भारतीय राजदूत रणजित रायले भने, ‘प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको घोषणाअनुसार तत्काल नेपाललाई उज्यालो पार्न यो परिणाममा बिजुली दिनेछौँ ।

यो अल्पकालीन सहयोगमात्र हो, दीर्घकालीनमा नेपालले बिजुली उत्पादन बढाएर निकासी गरी भारतको अर्थतन्त्र वृद्धिमा सहयोग पुर्‍याउनेछ ।’ हाल नेपाल–भारत १२ नाकाबाट २०० मेगावाट हाराहारीमा बिजुली आयात भइरहेको छ ।

२ वर्षभित्रमा कटैया–कुसाह र रक्सौल–परवनीपुरबाट १००, क्रसबोर्डरबाट ४८० र २२० केभी प्रसारणलाइनबाट थप १०० गरी कुल ९४० मेगावाट बिजुली आपूर्ति गरेर नेपाललाई उज्यालो पार्ने राजदूत रायले स्पष्ट पारे । अहिले २४० मेगावाटसम्म आयात भइरहेको छ ।अाजकाे काराेबार दैनिकमा खबर छ ।

प्रकाशित : १८ माघ २०७२, सोमबार ०१:१३