राष्ट्रिय अनुसन्धानमा विभागमा जागिरको अवसर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

राष्ट्रिय अनुसन्धानमा विभागमा जागिरको अवसर



logoकाठमाडौं । नेपाल सरकार गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय अनुसन्धान विभागले नयाँ कर्मचारीका लागि आवेदन माग गरेको छ । विभागले अनुसन्धान अधिकृत र अनुसन्धान सहायक गरी ७५ जनाका लागि आवेदन माग गरेको हो ।

आज गोरखापत्रमा प्रकाशित सुचना अनुसार विभागले २७ जना अनुसन्धान अधिकृत र ४८ जना अनुसन्धान सहायकका आवेदन माग गरेको हो । अनुसन्धान अधिकृतका लागि कम्तिमा स्नातक वा सो सरहको उत्तीर्ण गरेको हुनुपर्ने विभागले जनाएको छ । त्यस्तै  अनुसन्धान सहायकका लागि कम्तीमा पनि प्रमाणपत्र तह उत्तीर्ण वा सो सरहको उपाधी प्राप्त गरेको हुनुपर्ने विभागले जनाएको छ ।

आवेदकले आजको मितिले ३० दिनभित्र आवेदन दिनुपर्ने विभागले जनाएको छ ।

प्रकाशित : १८ माघ २०७२, सोमबार १२:२७