डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा



dollar,2811,29.jpg.pagespeed.ic.ZNcjPI1Yczकाठमाडौं । बिहिवार अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि अमेरिकी डलरको बिक्रि दर मूल्य १ सय ९ रुपैयाँ २४ पैसा तोकेको छ । खरिददर मूल्य १ सय ८ रुपैयाँ ६४ पैसा तोकेको छ ।

यो सँगै अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो । यस अघि अमेरिकी डलरको मूल्य २०७० भदौ १९ मा उच्च बिन्दुमा पुगेको थियो । उक्त समयमा डलरको मूल्य बढेर १ सय ९ रुपैया ३ पैसामा पुगेको थियो ।

अन्तराष्ट्रिय बजारमा डलरको माग बढ्नु, अमेरिकी अर्थतन्त्रमा सुधार आउनु, ब्याज दरमा आएको गिरावटसंगै डलरमा लगानी बढ्नु जस्ता कारणले डलरको मूल्य बढेको विज्ञहरुको भनाइ रहेको छ । त्यस्तै २४ वर्ष यता चिनको अर्थतन्त्र कम्जोर बन्दै गएको समाचार प्रकाशनमा आएका छन् जसका कारण पनि डलर बलियो हुँदै गएको छ ।

भारतीय मुद्रा डलरसित कमजोर बनेपछि त्यसको मार नेपाली मुद्राले पनि खेप्ने गर्दछ । पछिल्लो समय चीनको मुद्रा अवमूल्य हुँदा चीनसहित विश्वका लगानीकर्ताहरु डलरमा केन्द्रित बनेपछि डलर मजबुत बनेको विश्लेषकहरु बताउँछन् ।

प्रकाशित : २१ माघ २०७२, बिहीबार १०:३६