नेप्सेमा साताको अन्तिम दिनमा पनि नयाँ रेकर्ड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेप्सेमा साताको अन्तिम दिनमा पनि नयाँ रेकर्ड



STOCKकाठमाडौं। नेप्सेले साताको अन्तिम दिनमा पनि नयाँ रेकर्ड कायम गर्दै १२ सय ५१ दशमलव ४२ अंकमा कारोबार बन्द भएको छ । नेप्से परिसूचक ९ दशमलव २९ अंकले बढेको छ । बजार खुले पश्चायत बढन थालेको नेप्से सवा १२ बजे पछि भने घटदो क्रममा रहि पौने २ बजे पछि फेरि उकालो लाग्यो । अन्त्यमा १२ सय ५१ दशमलव ५१ विन्दुमा दिनको कारोबार बन्द भएको छ ।  ‘क’वर्गका कम्पनीहरु मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १ दशमलव ९३ अंकले बढेर २ सय ६९ दशमलव ५२ अंकको बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

अहिलेको नेपाली पूंजी बजारको बुलिश ट्रेन्डले कर्पोरेट क्षेत्र तथा अर्थतन्त्रमा देखिएको अन्योलता हटेसंगै राम्रो प्रतिफलको आसमा लगानीकर्ताहरुको आकर्षण बढेको छ, जसले बजारमा खरिद चाप बढेको मानिन्छ । त्यसो त नयाँ उचाइमा पुगेसंगै बजार चाँडै घट्छ भन्ने सोच र राम्रो प्रतिफलको अपेक्षा, यी दुई मानसिक द्वन्दका बीच लगानीकर्ताले आफ्नो निजि सोच, रणनीति तथा धारणालाई आधारभुत पक्षबाट पुष्टि गरि निर्णय लिनु पर्ने देखिन्छ ।

आज १ सय २४ वटा कम्पनीको ३ हजार ३ सय ६५ कारोबारबाट ११ लाख ४० हजार ८ सय ९५ कित्ता शेयर खरिद बिक्रि भएका छन् । आज कुल ७० करोड ९१ लख ८१ हजार ४ सय ७८ रुपैयाँ बराबरको शेयरको कारोबार भएको छ जुन गत दिनको तुलना भन्दा १४ करोड ९१ लाख रुपँैया बढी हो ।

आज कारोबार भएका उपपरिसुचक मध्ये फाइनान्स समुहको उपपरिसुचक बाहेक सबै बढेपछि सम्रगमा नेप्सेले उच्च बिन्दुमा पुग्न टेवा पुगेको हो । उपपरिसूचक मध्ये सबैभन्दा बढी हाइड्रो समुहको ४१ दशमलव ४१ अंकले बढेको छ भने विमा समुह ३८ दशमलव ७६ अंकले, उत्पादक समुह २७ दशमलव ५ अंकल, विकास बैंक समुहको २३ दशमलव ७१ अंकले,अन्य समुह ७ दशमलव ०५ अंकले, बैंकिंग समुह ४ दशमलव ८३ अंकले र होटल समुह ४ दशमलव २५ अंकले बढेका छन् । फाइनान्स समुहको १ दशमलव ९२ अंकले घटेको छ ।

कारोबारको आधारमा सबैभन्दा धेरै नेको इन्स्योरेन्स कम्पनीको ५ करोड २२ लाख ४७ हजार २ सय ३५ रुपैयाँ बराबरको कारोबार भएको छ । त्यसैगरी नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ५९ लाख २२ हजार ५ सय ७६ रुपैयाँ र नेपाल एसबिआई बैकको २ करोड ५२ लाख ४७ हजार ९ सय ५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज सिदार्थ इन्भेष्मेन्ट ग्रोथ स्किम, नेपाल ग्रामीण विकास बैंक, सिदार्थ इक्विटि ओरिन्टेड स्किम र रिलायन्स लोटस फाइनान्स गरी ४ बटा कम्पनीहरुको  १० प्रतिशतले मूल्य वृद्धि भएको छ । त्यस्तै कालिका माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको ४ दशमलव ६२ प्रतिशतले मुल्य घटेको छ ।

प्रकाशित : २१ माघ २०७२, बिहीबार १२:५०