ऊर्जा क्षेत्रका लागि विश्व बैंकको २ अर्ब ५१ करोड रुपैया ऋण सहायता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ऊर्जा क्षेत्रका लागि विश्व बैंकको २ अर्ब ५१ करोड रुपैया ऋण सहायता



World-Bankकाठमाडौं । विश्व बैंकले ऊर्जा क्षेत्र सुधार तथा दिगो जलविद्युत् विकास आयोजना कार्यान्यवन गर्न २ अर्ब ५१ करोड रुपैया ऋण सहायता उपलब्ध गराउने भएको छ ।

ऋण सहयोग सम्बन्धी सम्झौतामा अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा नेपालस्थित विश्व बैंकका देशीय प्रबन्धक ताकुया कामाता र अर्थ मन्त्रालयका सहसचिव बैकुण्ठ अर्यालले हस्ताक्षर गरेका छन् ।

ऊर्जा उत्पादनको क्षेत्रमा संलग्न निकायहरुको क्षमता अभिवृद्धि तथा अन्तर्राष्ट्रियस्तरका जलविद्युत् एवम् प्रसारण लाइन परियोजनाको तयारी र योजना तर्जुमा गर्न उक्त बैंकले सरकारलाई ऋण प्रदान गर्न लागेको हो ।

माथिल्लो अरुण जलविद्युत् आयोजना र इखुवा खोला आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइन तथा बोलपत्रको तयारी, वातावरणीय एवम् सामाजिक प्रभाव मूल्याङ्कनका निम्ति विज्ञ टोली परिचालन प्रसारण लाइन परियोजनाको आधारभूत प्रारुप निर्माणमा ऋण रकम उपयोग गरिने बताइएछ ।

प्रकाशित : २१ माघ २०७२, बिहीबार १२:५३