चौधरी ग्रुपका संस्थापक लुनकरण दास चौधरीको निधन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

चौधरी ग्रुपका संस्थापक लुनकरण दास चौधरीको निधन



काठमाडौं । अर्बपति विनोद चौधरीका बुवा लुनकरणदास चौधरीको ९३ वर्षको उमेरमा बिहीबार निधन भएको छ । उनको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा दिउँसो निधन भएको हो ।

चौधरी समूहका संस्थापक लुनकरणदास लामो समयदेखि मुट र मधुमेहका रोगी थिए । उनको नर्भिकमा उपचार भइरहेको थियो । उनका तीन छोरा र एक छोरी छन् ।

लुनकरणदास वि.सं. १९७९ वैशाखमा काठमाडौंको इन्द्रचोकमा भएको थियो । उनी पिता स्व. भुरामल चौधरी र माता स्व. सरस्वतीदेविको पहिलो सन्तान हुन् ।

प्रकाशित : २१ माघ २०७२, बिहीबार १४:२७