दिगो पर्यटन सहकारी ७ औं बर्षमा प्रवेश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

दिगो पर्यटन सहकारी ७ औं बर्षमा प्रवेश



काठमाडौं । ठमेल स्थित दिगो पर्यटन सहकारी संस्था लि. ७ औं बर्षमा प्रवेश गरेको छ । संस्थाले छैटौं बार्षिक उत्सव वनभोज कार्यक्रमको आयोजना गरी भव्य रुपले मनाएको छ । किर्तिपुर स्थित पुष्पलाल पार्कमा आयोजना गरिएको बार्षिक उत्सवमा नेकपा एमालेका पर्यटन विभागका प्रमुख सुर्य थापा, दियो पर्यटन सहकारीका अध्यक्ष चन्द्र रिजाल र नाट्टाका अध्यक्ष मुधुसुधन आचार्यले संयुक्त रुपमा केक काटि बार्षिक उत्सव मनाईएको हो । कार्यक्रममा सहकारी संस्थाका संचालक, संस्थाका सदस्य, पर्यटन व्यवसायीको उल्लेख्य सहभागीता रहेको थियो । सम्पूर्ण सदस्यहरुको मायाले दिगो पर्यटन सहकारी ७ औं बर्षमा प्रवेश गरेको संस्थाका अध्यक्ष चन्द्रप्रसाद रिजालले बताए ।

indexसहकारी पर्यटन क्षेत्रका व्यवसायीलाई समेटेर पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना भएको बताउँदै रिजालले पर्यटन क्षेत्रमा केही आयाम, केही नयाँ काम सहकारीको माध्यमबाट गरिने बताए । ‘पर्यटन व्यवसायको विस्तार, विकास, सम्वद्र्धन र प्रवद्र्धनका लागि संस्था क्रियाशिल छ’ अध्यक्ष रिजालले भने, ‘पर्यटन व्यवसायमा छरिएर रहेको पूँजीलाई एकत्रित गरी संस्थाका सदस्यहरुको सामाजिक र आर्थिक, व्यवसायीक उन्नतीमा संस्था सँधै लागिरहने छ ।’ संस्थाको नियमित कार्यक्रम अनुरुप बनभोज कार्यक्रम आयोजना गरिएको रिजालको भनाई थियो । पर्यटन व्यवसायीहरुको बीचमा एक आपसमा सहयोग, सद्भाव कायम रहोस् र व्यवसाय संचालन गर्न सहकारीको माध्यमबाट सहज भएको संस्थाका उपाध्यक्ष कृष्णकुमार अर्यालले बताए । ‘दिगो पर्यटन सहकारी धेरै व्यवसायीहरुको सहयोगी बनेको छ,’ उनले भने, ‘पर्यटन व्यवसाय प्रवद्र्धन गर्ने विभिन्न खालका व्यवसायहरु सहकारीको माध्यमबाट संचालन गर्ने योजना बनाएका छौं ।’ बनभोज कार्यक्रमले सहकारीका सदस्य–सदस्य बीच जमघट हुने र सद्भाव कायम गर्ने अवसर पनि भएको उनले बताए । सहकारीले आगामी ४ वर्षे कार्ययोजना बनाई सोही अनुरुप काम गरीरहेको संस्थाका प्रवन्धक मुना दाहालले बताईन । सहकारीले २४ सय सदस्यहरुमाझ १२ करोडको कारोबार गरीरहेको उनले बताईन । सदस्यहरुलाई परेको समस्यालाई समाधान गर्न सहकारी कृयाशिल रहेको दाहालको भनाई थियो

प्रकाशित : २३ माघ २०७२, शनिबार १२:३७