नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा महेश गुरागाईं « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा महेश गुरागाईं



logoकाठमाडौं  । नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा महेश गुरागाईं नियुक्त भएका छन्। अघिल्ला अध्यक्ष शोभाकान्त पौडेलले राजिनामा दिएपछि अर्थ मन्त्रालयले गुरागाईंलाई चार वर्षका लागि अध्यक्ष नियुक्त गरेको हो। गुरागाईंले आजबाट काम थाल्ने बताइएको छ ।

सार्वजनिक वित्त व्यवस्थापनका विज्ञ गुरागाईं पेशाले चार्टर्ड एकाउण्टेन्ट पनि हुन्। गुरागाईंले सन् २०१२ मा त्रिभुवन विश्वविद्यालयबाट सार्वजनिक नीति विषयमा स्नातकोत्तर गरेका छन्। उनले भारतबाट सन् १९९८ बाट सिए पास गरेका थिए भने १९९४ मा त्रिभुवन विश्वविद्यालयबाट नै बिकम पास गरेका छन्। उनी इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान), इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट (आइसिएआई), एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स तथा पब्लिक एड्मिनिस्ट्रेसन एसोसिएसन अफ नेपालका सदस्य पनि हुन्। उनी २०१४ सम्म आइक्यानका अध्यक्ष थिए। गुरागाईं तीन वर्षअघिसम्म धितोपत्र बोर्डका सञ्चालक समिति सदस्य थिए। यस्तै उनले सरकारको एकाउण्टेन्ट स्टाण्डर्ड बोर्डको सदस्यको रुपमा समेत काम गरिसकेका छन् । अहिले कोषको चुक्ता पुँजी पाँच अर्ब रुपैयाँ रहेको छ।

प्रकाशित : २४ माघ २०७२, आईतवार ०६:४०