उर्जा मन्त्रीको ‘मास्टर प्लान’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

उर्जा मन्त्रीको ‘मास्टर प्लान’



pkk|wfgdGqL /fodfemL gjlgo'Qm pkk|wfgdGqL tyf pmhf{dGqL 6f]kaxfb'/ /fodfemL l;+xb/af/l:yt dGqfnodf kb axfnLkl5 kqsf/;Fu s'/fsfgL ug'{x'Fb} . tl:a/ M k|bLk/fh jGt,/f;;

काठमाडौं। उर्जा मन्त्री टोपबहादुर रायमाझीले एक वर्षभित्र लोडसेडिङ घटेको महसुस जनताले गर्न पाउने बताएका छन् । परम्परागत ढंगबाट उर्जा क्षेत्रको विकास हुन नसक्ने भन्दै सरकार ‘मास्टर प्लान’ का साथ अगाढि बढ्न लागेको उनको भनाई छ ।

आइतबार राजधानीमा भएको कार्यक्रममा मन्त्री रायमाझीले उर्जा संकटकाल लगाएर दु्रत गतिमा विद्युत उत्पादनको काम गरिने बताए । एक साताभित्र उर्जा संकटकाल लागू गरिने उनले जनाए ।

मुलुकमा १०५ वर्षमा ३ सय मेगावाट मात्रै विद्युत उत्पादन भएको भन्दै उनले सरकारले ल्याउन लागेको ‘मास्टर प्लान’ ले भने उर्जा क्षेत्रको विकासका लागि आधार तयार पार्ने दाबी गरे ।

एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्न आवश्यक १ हजार ४ सयभन्दा बढी मेगावाट विजुलीको मागको व्यवस्थापन गर्ने सरकारको प्रारम्भिक योजना छ । यस अन्तर्गत भूकम्पबाट प्रभावित ११० मेगावाटका विद्युत आयोजना मर्मत गर्ने, निर्माणाधिन विद्युत आयोजनाबाट २ सय मेगावाट थप्ने, भारतबाट थप २ सय मेगावाट आयात गर्ने, पिकिङ्ग आयोजनाबाट १५० मेगावाट थप्ने र सौर्य उर्जाबाट ३ सय मेगावाट विद्युत उत्पादन गर्ने रहेका छन् ।

हाल स्वदेशी लगानीमा ३ सय मेगावाट विद्युत उत्पादन भईरहेका छन् भने भारतबाट २ सय ३५ मेगावाट विद्युत आयात भईरहेको छ । सरकारले १ वर्षे, २ वर्षे र १० वर्षे उर्जा सम्बन्धी कार्ययोजना ल्याउने तयारी गरेको छ ।

प्रकाशित : २५ माघ २०७२, सोमबार ०३:०७