कर्जाको माग न्यून « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कर्जाको माग न्यून



money2-390x293काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म १८ खर्ब ४६ अर्ब ५३ करोड ८८ लाख रुपियाँ निक्षेप जम्मा भएको छ । यो अघिल्लो वर्षको भन्दा करिब ७८ अर्ब ४६ करोड रुपियाँले बढी हो ।

कुल निक्षेपमध्ये वाणिज्य बैंकमा ५ प्रतिशतले र वित्त कम्पनीमा २ दशमलब ७ प्रतिशतले निक्षेप बढेको छ । पछिल्लो समयमा अमेरिकी डलर दिनदिनै महंगिदा पनि बजारमा तरलता बढेको हो । राष्ट्र बैंकले १ अर्ब ८८ करोड अमेरिकी डलर खरिद गरेर बजारमा १ सय ९६ अर्ब ८३ करोड रुपैयाँ तरलता छाडेको छ । पछिल्लो समयमा १ अमेरिकी डलर बराबर १ सय ८ नेपाली रुपियाँको हाराहारीमा रहेको छ । सो अवधिमा बैंकको कर्जा भने ३ दशमलब ३ प्रतिशतले मात्र बढेको छ । सो अवधिमा अघिल्लो वर्षको तुलनामा ४३ अर्ब रुपैयाँ मात्र कर्जाको माग बढ्यो ।

निक्षेप संकलनको तुलनामा कर्जाको माग कम हुँदा बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपमा दिने व्याजदर १ प्रतिशतसम्म झरेको छ भने कर्जामा दिने व्याज समेत ७ प्रतिशतसम्म झरेको सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुले बताएका छन् ।

बैशाख १२ गतेको महाभुकम्पले अर्थतन्त्र तंग्रिन नपाउँदै फेरि तराई मधेशमा मधेशी मार्चाको आन्दोलन एवम् भारतको अघोषित नाकाबन्दीले आपूर्तिमा अवरोध सिर्जना भएपछि त्यसको असर समग्र अर्थतन्त्रमा नराम्रोसँग परेको छ । बैंक तथा वित्तीय संस्थामा तरलताको चाप बढ्दा नेपाल राष्ट बैंकलाई भने टाउको दुखाई हुने गरेको छ ।

निक्षेप संकलनको तुलनामा कर्जाको माग बढ्दा राष्ट बैंकले रिपो, निक्षेप बोलकबोलबाट मुद्रा बजारको तरलता तान्ने गरेको छ । चालु आर्थिक वर्षको पाँच महिनामा मात्र राष्ट बैंकले २ सय ७७ अर्ब ८० करोड रुपियाँको तरलता बजारबाट प्रशोचन गरिसकेको छ । तरलता प्रशोचन गर्दा मात्रै राष्ट बैंकले ५ महिनाको अवधिमा ५१ करोड ७४ लाख व्याज खर्च गरिसकेको छ ।

प्रकाशित : २५ माघ २०७२, सोमबार ०३:२६