पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधन



काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधन भएको छ । सोमबार राति १२ः५० मा महाराजगञ्जस्थित निवासमै कोइरालाको निधन भएको  हो ।

बयोबृद्ध कोइराला ७९ वर्ष पूरा भई ८० लागेका थिए । उनी केहि दिनदेखि निमोनिया र ज्वरोका कारण अस्वस्थ थिए । रातिदेखि नै कोइराला निवासमा कांग्रेस नेता कार्यकर्ताहरु भेला भएका छन् ।

महाधिवेशनका सबै प्र्रक्रिया अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने कांग्रेसले निर्णय गरेको छ ।

प्रकाशित : २५ माघ २०७२, सोमबार २३:३१