कोइरालाको निधनप्रति निजी क्षेत्रद्धारा दुःख व्यक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कोइरालाको निधनप्रति निजी क्षेत्रद्धारा दुःख व्यक्त



काठमाडौं । पूर्व प्रधानमन्त्री कोइरालाको निधनप्रति निजी क्षेत्रले दुःख व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, चेम्वर अफ कमर्सलगायत निजी  क्षेत्रहरुले उनको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रेस विज्ञप्ति जारी गर्दै नेपालको राजनीतिक इतिहास र लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भुमिकामा रहेर असाधरण योगदान पुर्याएका कोइरालाको निधनबाट मुलुकलाई अपुरणीय क्षति पुगेको बताएको छ ।

त्यस्तै उनको कार्यकालमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी तथा गणतन्त्र संस्थागत हुन गएको भन्दै कोइरालाले यस कार्यमा पाएको सफलताको सिंगो निजी क्षेत्रले उच्च प्रशंसा गर्ने विज्ञप्तिमा उल्लेख छ । यसैगरी निजी क्षेत्रका हिमायती कोइराला मुलुकको आर्थिक विकासका लागि चिन्तित रहेको समेत महांघले जानकारी दिएको छ ।

प्रकाशित : २६ माघ २०७२, मंगलवार १२:१८