नयाँ सहकारी ऐनमा चर्को असन्तुष्टि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नयाँ सहकारी ऐनमा चर्को असन्तुष्टि



indexकाठमाडौ । राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव वडालले राज्यले सहकारीलाई नियन्त्रण गर्न खोजेको आरोप लगाएका छन् । उनले सहकारी स्वतन्त्र र स्वायत्त संस्था भएकोले कसैको पनि हस्तक्षेप सहकारी अभियानले नस्विकार्ने वताए । सहकारी खोलेर साईन बोर्ड झुन्ड्याएर बदमासी गर्न पाईदैन तर एकाध बदमासी गर्ने सहकारीलाई लिएर समग्र सहकारी सिध्याउने खेलमा लागेको उनको भनाई थियो ।
प्रस्तावित सहकारी ऐनको माध्यामवाट सहकारीलाई खुम्च्याएर साँगुरो वनाउन लागिएको उनको भनाई छ । एक वडा एक सहकारी,सेयर र बचतको अनुपात तथा एक परिवार एक सदस्य जस्ता कुरा लादेर राज्यले ऐन ल्याउन लागेकोले यस्ता कुरा सहकारी अभियानका लागि उपयुक्त नभएको वडालको जिकिर छ।
नेशनल नमोवुद्ध बचत तथा ऋण सहकारीको एकीकरण पछिको प्रथम साधारणसभाको उद्घाटन कार्यक्रममा अध्यक्ष बडालले सहकारी नवुझेका मानिसले ऐनको मस्यौदा गरेकोले यस्तो समस्या देखिएको उनको कथन थियो । कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ(नेफ्स्कून)का महासचिव परितोष पौडेलले गुणस्तर सहकारीकालागि मर्जर आवश्यकता भएपनि सहकारको मूलमन्त्र माथि प्रहार हुनेखाले ऐन आएमा बचत तथा ऋण सहकारीका २१ लाख सदस्यले मैदानमा परेड खेल्ने चेतावनी दिए । उनले बचत तथा ऋण सहकारीलाई वर्गीकरण गरेर (नेफ्स्कून)ले व्यवस्थित गर्न लागेको समेत जानकारी दिए । राष्ट्रिय सहकारी वैंकका प्रवन्धक केवी उप्रेतीले मर्जर अभियानलाई राज्यलेनै चासो दिएर अगाडी वढाउनुपर्ने विचार राखेका थिए । कार्यक्रममा जिल्ला सहकारी संघ काठमाण्डौंका अध्यक्ष टेकप्रसाद चौलागाईले सहकारीलाई पिर पर्ने खाले ऐन आउनलागेकोले अभियानले विरोध जनाएको वताए । कार्यक्रमा राष्ट्रिय सहकारी संघका उपाध्यक्ष मिनराज कंडेल, राष्ट्रिय सहकारी वैंकका अध्यक्ष रमेश पोख्रेल, नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष डिल्ली सापकोटा लगायतको उपस्थिति रहेको थियो ।
एकीकरण पछि नेशनल नमोबुद्व बचत तथा ऋण सहकारीको पहिलो तथा १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थामा नेशनल गोर्खा सेभिङ एण्ड क्रेडिट को अपरेटिभ, नमोबुद्व बहुउद्देश्यीय सहकारी संस्था, सुपर स्टार बचत तथा ऋण सहकारी संस्था, गौतमबुद्व बचत तथा ऋण सहकारी संस्था, गोल्ड क्वाइन बचत तथा ऋण सहकारी संस्था, द्वाल्खाचेली बचत तथा ऋण सहकारी संस्था, कोशिस बचत तथा ऋण सहकारी संस्था एकीकरण भएका थिए । गत असार २५ गते डिभिजन सहकारी कार्यालय काठमाडौंबाट सात वटा सहकारी एकीकरण भई नेशनल नमोबुद्व बचत तथा ऋण सहकारी संस्थाबाट कारोबार शुरु भएको हो ।
एकीकरण पछिको पहिलो एंव १६ औं साधारण सभामा संस्थाले एकीकरणपछि गुणस्तरीय सेवा दिन सकेको बताएको छ ।  कार्यक्रममा संस्थाका अध्यक्ष ज्ञानबहादुर तामाङले आर्थिक वर्ष २०७१÷७२ मा २ करोड १५ लाख ९४ हजार ६ सय शेयर पूँजी रहेकोमा पौस मसान्तसम्म २ करोड २६ लाख ७७ हजार १ सय रुपैयाँ शेयर पूँजी पुगेको बताएका थिए । त्यस्तै संस्थाले अघिल्लो आवमा २२ करोड २१ लाख ६८ हजार ८ सय ८१ रुपैयाँ निक्षेप संकलन गरेको थियो भने पौस मसान्तसम्म संस्थाको निक्षेप बढेर २७ करोड १४ लाख ८६ हजार ८७ रुपैयाँ पुगेको जानकारी दिए ।
संस्थाले अघिल्लो आर्थिक वर्षमा २३ करोड ३५ लाख ९९ हजार ९० रुपैंया कर्जा प्रवाह गरेको थियो भने पौष मसान्तसम्म २५ करोड ३८ लाख ८५ हजार ७ सय ८८ रुपैयाँ लगानी पुगेको जनाएको छ ।
कार्यक्रममा अध्यक्ष तामाङले आगामी पाँच वर्षभित्र सम्पूर्ण शेयर सदस्यहरुलाई समान लगानी बनाउने प्रयास गरिने बताए । ‘एकीकरणपछि संस्था मजबुत भएको महशुस भएको छ’ उनले भने–‘छिट्टै अन्य संस्थासँग पनि मर्जर गर्दैछौं ।’ अध्यक्ष तामाङले सदस्यतामा दोहोरोपन देखिएकाले केही समयमै सुद्विकरण अभियान गर्न सकिने बताए ।

प्रकाशित : २६ माघ २०७२, मंगलवार ११:१९