सिजी मोवाइलको याँ स्मार्टफोन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिजी मोवाइलको याँ स्मार्टफोन



काठमाडौं । चौधरी समूह अन्तर्गतको सिजी मोवाइलले नेपाली बजारमा नयाँ स्मार्टफोन इयोन एज मोवाइल ल्याएको छ। इयोन सिरिजको यो स्मार्टफोनको मूल्य ११ हजार नौ सय ९९ रुपैयाँ रहेको छ । १.३ गिगाहर्ज क्वार्ड कोर प्रोसेसरसहित १६ जिवी रोम रहेको स्मार्टफोनमा पाँच इन्चको अनसेल एचडी डिस्प्ले रहेको छ ।

एन्ड्रोइड ललिपप ५.१ को अपरेटिङ सिस्टम रहेको मोवाइलमा दुई जिबी र्‍यामसहित १३ मेगापिक्सलको अटो फोकस क्यामारा र ५ मेगापिक्सलको फ्रन्ट क्यामेरा रहेको छ ।

यसमा ३२ जिबीसम्मको माइक्रो एसडी कार्ड प्रयोग गरेर मोवाइलको मेमोरी बढाउन सकिन्छ । दुईहजार एमएएचको ठुलो ब्याट्रीका कारणले मोवाइलमा ब्याट्री लामो समयसम्म टिक्ने सिजी मोवाइलले जनाएको छ।

नेपाली बजारमा आठ वटा मोडेलको स्मार्टफोन ल्याएको सिजी मोवाइलले ग्राहकका चाहनाअनुसार अझ धेरै किसिमका स्मार्टफोन नेपाली बजारमा ल्याउने जानकारी दिएको छ।

प्रकाशित : २७ माघ २०७२, बुधबार १०:३२