मुक्तिनाथ विकास बैंकको शाखा ढुङ्गा अड्डामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

मुक्तिनाथ विकास बैंकको शाखा ढुङ्गा अड्डामा



काठमाडौँ । मुक्तिनाथ विकास बैंकले देशैभरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा काठमाडौंको ढुङ्गा अड्डामामा आफ्नो नयाँ शाखाको औपचारीक शुभारम्भ गरेको छ । उक्त शाखाको समुद्घाटन चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले गरेका छन् । शाखा कार्यालय समुद्घाटन गर्दै प्रमुख अतिथि मेयर गिरीले मुक्तिनाथ विकास बैंकले विभिन्न शिर्षकमा कर्जा उपलब्ध गराई मानिसहरुलाई व्यवसायी बन्नमा पुर्याएको सहयोग उल्लेखनीय रहेको तथा आगामी दिनमा बैंकले अझ गुणस्तरीय सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पुर्याउन सफल बनोस् भन्दै शुभकामना व्यक्त गरे ।

त्यसैगरी, उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत, बैकका ब्राण्ड एम्बेसडर कुञ्जना घिमिरे (सुन्तली ), चन्द्रागिरी नपा वडा नं १५ का अध्यक्ष उत्तम वहादुर राउत, सुन्दर वन अफ साइन्सका प्रिन्सिपल धुव्र आचार्यले बैंकको सफलताको शुभकामना मन्तब्य राखेका थिए । सो समारोहमा स्थानीय नागरीक, व्यापारी, कर्मचारी, समाजसेवी तथा भद्रभलाद्मीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमका सभापति तथा बैंकका सञ्चालक समितिका सदस्य नारायण कुमार श्रेष्ठले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराएका थिए । सो क्रममा उनले विकास निर्माणका कार्यहरुमा यस बैंकले दिनुपर्ने तथा गर्नुपर्ने बैंकिङ्ग हातेमालो गर्न सधै तत्पर रहेको बताए । त्यसैगरी यस बैंकको व्यवसाय बृद्धिसंगै भावी दिनमा सामाजिक उत्तरदायित्वको कामलाई प्राथमिकताको रुपमा स्थानीय निकायसँग सहकार्य गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

मुक्तिनाथ विकास बैंक लिमिटेडले देशैभरी आफ्ना ११४ वटा शाखा, २२ वटा एटिएम र छ लाख ग्राहक बर्गहरुलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स,आस्वा, मोबाइल बैकिंङ्ग सुविधा,साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटिएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध छन् ।

प्रकाशित : ६ बैशाख २०७६, शुक्रबार १५:४७