नेशनल हाइड्रो पावर कम्पनी साधारणसभा आगामी बैशाख २७ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

नेशनल हाइड्रो पावर कम्पनी साधारणसभा आगामी बैशाख २७ गते



काठमाडौं । नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडको वार्षिक साधारणसभा आगामी बैशाख २७ गते हुने भएको छ । कम्पनीको गत ३ गते बसेको सञ्चालक समितिको बैठकले २२ औ साधारणसभाकाे मिति तय गरेको हो । साधारणसभामा आर्थिक वर्ष २०७४/७५ को वासलात, नाफा नोक्सान र नगदप्रवाह वितरण लगायतका विविध विषयमा छलफल गरी पारित गर्ने कार्यसूची छ । साधारणसभाले चालुवर्षको लागि लेखापरिक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ । कम्पनीले अहिले भोजपुरमा १४ मेगावाटको इरखुवा जलविद्युत आयोजना निर्माण गरीरहेको छ । यसैगरी, कास्कीमा १२ मेगावाटको मादीखोला जलविद्युत आयोजनाको काम पनि अघि बढाएको छ ।

प्रकाशित : ६ बैशाख २०७६, शुक्रबार १५:५३