बैँकले उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्छः अर्थमन्त्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

बैँकले उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्छः अर्थमन्त्री



विराटनगर /  अर्थमन्त्री डा युवराज खतिवडाले विकासका साझेदार बैंकले व्यावसायिक र सामाजिक उत्तदायित्व बहन गर्नुपर्छ भनेका छन  । नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यालय प्रदेश नं–१ द्वारा आज यहाँ आयोजित कृषिलगायत सहुलियत कर्जा वितरण समारोहमा ऋणीलाई ऋण वितरण गर्दै उनले उत्पादनशील र पूँजी निर्माण हुने क्षेत्रमा बैँकले लगानी गर्नुपर्छ भने ।
‘‘बैंकले आफ्नो कारोबार बढाउनुपर्छ र यसैबाट पूँजीको चलायमान हुन्छ’’, मन्त्री खतिवडाले भने  ‘‘व्यवसायी र बैंक दुबै सँगै अगाडि बढ्नसके सफलता प्राप्त गर्न सकिन्छ ।’’ उहाँले समयको प्रतिस्पर्धामा नेपाल बैंक लिमिटेडलाई लैजानुपर्ने सुझाव दिए । बैंक सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीले रोजगार तथा आयमूलक व्यवासाय सञ्चालन गर्नेलाई बैंकले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे  ।

प्रकाशित : ६ बैशाख २०७६, शुक्रबार १६:१२