सिंगल इनकम भएको परिवार हुनुहुन्छ ? यी उपाय अप्नाउनुस् « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

टिप्स

सिंगल इनकम भएको परिवार हुनुहुन्छ ? यी उपाय अप्नाउनुस्



काठमाडाै । पैसाको ब्यवस्थापन सही भए कमसेकम पैसाले नै जरुरी कुराहरु पुरा गर्न सकिन्छ । यसको साथै भबिष्यमा पैसा बचाउन समेत सकिन्छ । यदी तपाइको घरमा एक्लै कमाउने अर्थात सिंगल इनकम भएकाहरु भए पैसाको ब्यवस्थापन निकै जटिल हुन्छ । त्यसैले पैसाको सहि ब्यवस्थापन गर्न आवश्यक छ । किनकी पैसा कमाउन जति मुस्किल हुन्छ त्यती खर्च गर्न सजिलो हुन्छ । कति पयलाइ त खर्चको लत निकै नै हुन्छ पैसा बचाउन तर्फ ध्यान नै जादैन । यो गलत हो त्यसैले केही ब्यवस्थापनका उपायहरु बुझाै ।

बजेट बनाउनुस
तपाइ आफ्नो इनकमको बचत गर्न चाहानु हुन्छ भने सबै भन्दा पहिला बजेट बनाउन जरुरी हुन्छ । बजेट बनाउदा तपाइलाई यो अन्दाज हुन्छ कि कुन चिजमा कति खर्च गर्ने र खर्च आफ्नो इनकमको भन्दा धेरै भएको भए कहा कटाैी गर्ने भन्ने उपाए समेत मिल्छ । यति मात्रै हैन बजेट बनाउदा यो थाहा पाउनु हुन्छ कि तपाइले कुनै पनि वस्तुमा पैसा बर्बाद त गरि रहनु भएको छैन ? यसो गर्दा तपाइले सजिलै फजुल खर्चमा लगाम लगाउन सक्नु हुन्छ ।

लगानी गर्नुस्
लगानी एक राम्रो विकल्प हो । लगानी गर्दा कहाँ लगानी गर्ने भन्ने बिषयमा प्रस्ट हुन आवश्यक हुनंछ । तपाइसंग समय भए कुनै अार्थिक विशेषज्ञसंग समेत सल्लाह गरेर लगानी बढाएर अार्थिक स्थिती मजबूत बनाउन सक्नु हुन्छ । लगानीका लागि तपाइले म्युचुअल फन्ड , सेयर बजार र अन्य व्यवसायीक क्षेत्र समेत हुन्छन

बैंक अकाउन्ट खोल्नुस
समान्य हिसाबले भन्नु पर्दा जस्ले पैसा कमाउदैन उसले बैंक अकाउन्ट खोल्दैन । तर यो गलत जब घरमा एक जना मात्रै कमाउने वाला छ तब तपाइको पनि एकाउन्ट हुन जरुरी छ । त्यसमा खर्च र लागानी पछि बेचेको पैसा त्यो अकाउन्टमा हाल्न सक्नु हुन्छ ।जसबाट तपाइको थोरै भए पनि बचत हुन्छ । यसलाइ तपाइले एक आपतकालिन ब्यवस्थाको जस्तै उपयोगमा ल्याउन सक्नु हुन्छ ।

 

पुर्व   योजना बनाउनुस
योजना निर्माण धैरै जरुरी हुन्छ । यो बानी पैसाको लागि मात्रै नभए शारीरिक र मानसिक रुपमा पनि स्वस्थ राख्छ । पैसाको ब्यवस्थापन धेरै नै जरुरी र अनिवार्य हुन अाउछ घरको अार्थिक जिम्मेवारी एक व्यक्तीकै भरमा हुन्छ ।
पुर्व योजनाको अर्थ यो हो कि कुनै विवाह या समारोहमा सहभागि हुने वा शहर भन्दा बाहिर जानु छ भने त पुर्व तयारी अहिले नै सुरु गर्नुस । यसमा योजना बनाउदा काम अगाडी बढाउन सहज हुन्छ ।

लक्ष्य तय गर्नुस्
तपाई यो तय गर्नु कि दुइ बर्ष पछि घर किन्ने हो कि गाडी लिने हो । त्यो लक्ष्यमा फोकस भएर बचत गर्ने हो भने सहज हुन्छ । यो सत्य हो कि एक चोटी लक्ष्य तय गरे पछि त्यसलाई प्राप्त गर्न प्रतिबद्धताका साथ बचत गर्न विवश हुनुहुन्छ ।

प्रकाशित : ८ बैशाख २०७६, आईतवार ०८:१५