गुराँस लघुवित्तको आइपिओ बैशाख १६ गते देखि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

गुराँस लघुवित्तको आइपिओ बैशाख १६ गते देखि



काठमाडाै । गुराँस लघुवित्त वित्तीय संस्थाले यहि बैशाख १६ गते सोमबारदेखि साधारण शेयर (आईपिओ) निष्काशन गर्ने भएको छ। धनकुटामा केन्द्रीय कार्यालय रहेको कम्पनीले आईपिओ जारी गर्न आइतबार आह्वानपत्र प्रकाशन गरेको छ ।

कम्पनीले एक सय रुपैयाँ अंकित दरमा कूल २ करोड ५० लाख रुपैयाँ बराबरको २ लाख ५० हजार कित्ता आईपिओ निष्काशन गर्न लागेको हो।

कूल निष्काशित २ लाख ५० हजार कित्ता आईपिओमध्ये कर्मचारीहरुलाई ३ हजार ८७५ कित्ता र सामूहिक लगानी कोषहरुलाई १२ हजार ५०० कित्ता छुट्टाइएको छ । दुई लाख ३३ हजार। ६२५ कित्ता शेयरका लागि सर्वसाधारणलाई बाँडफाँड हुनेछ।

लघुवित्तले निष्काशन गर्ने आईपिओमा न्यूनतम १० कित्ता का लागि एक हजार रुपैयाँदेखि अधिकतम ५०० कित्ताका लागि ५० हजार रुपैयाँसम्म आवेदन गर्न सकिने व्यवस्था रहेको छ । मेरो शेयर तथा सि आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट बैशाख ११ गतेसम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ। आईपिओ निष्काशन बैशाख २० गते बन्द हुनेछ भने आवश्यक आवेदन नपरेको खण्डमा भने जेठ १४ गतेसम्म खुला रहनेछ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ।

प्रकाशित : ८ बैशाख २०७६, आईतवार ०९:४१