सिटिजन्स बैंक तेह्रौं वर्षमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

सिटिजन्स बैंक तेह्रौं वर्षमा



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड बाह्र वर्ष पूरा गरी तेह्रौं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा बैंकले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७५÷७६ को तेस्रो त्रैमासिक अवधिसम्ममा ६८ अर्ब ६८ करोड निक्षेप संकलन गरी ६३ अर्ब ५९ करोड कर्जा प्रवाह गरेको छ । सोही अवधिभित्र १ अर्ब ४९ करोड १४ लाख सञ्चालन नाफा र १ अर्ब ६ करोड खुद नाफा आर्जन गरेकोे छ । जुन गत वर्ष सोही अवधिको तुलनामा क्रमशः ४ दशमलव शून्य २ प्रतिशत र ५ं दशमलव ९१ प्रतिशत बढी हो ।

बैंकले आफ्नो वार्षिकोत्सव पारेर आज बिहान बैंकिङसम्बन्धी जनचेतना जागरण गर्ने उद्देश्यले प्रभातफेरी आयोजना गरेको छ । बैंकको प्रांगणबाट सुरु भएको सो प्रभातफेरी नारायणहिटी, हात्तीसार, कमलादी गणेश, तीन धारा, दरबारमार्ग र नारायणस्थान हुँदै बैंक पुगेर टुंगिएको थियो । प्रभातफेरी कार्यक्रममा करिब ३५० सिटिजन्सकर्मीको उपस्थिति रहेको थियो ।

बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकमा अविरल १० वर्ष सेवा प्रवाह गर्ने कर्मचारीलाई ‘दीर्घ सेवा सम्मान पदक’ प्रदान गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

बाह्रौं वार्षिकोत्सवको सुखद अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत विगतका कार्यक्रमलाई निरन्तरता दिँदै बैंकले गरिब बालबालिकालाई शिक्षा प्रदान गर्ने उद्देश्यका साथ कार्यरत स्नो याक फाउन्डेसनलाई आर्थिक सहयोगस्वरूप १ लाख रुपैयाँ, एड्स संक्रमित भएका बालबालिकालाई सेवा गरिरहेको संस्था बेबी लाइफ होमलाई आर्थिक सहयोगस्वरूप २ लाख रुपैयाँ सहयोग गरेको थियो ।

त्यसैगरी, विभिन्न उमेर समूहका असमथर्, अशक्त, अपांग र मानसिक सन्तुलन गुमेर सडकमा आएका अशक्तको उद्धार गरी आश्रममा ल्याई औषधि उपचारसहितको गाँसबासको व्यवस्था गर्दै आइरहेको चितवन मानव सेवा आश्रमलाई ३ लाख रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ ।

बैंकले नेपाल रेडक्रस सोसाइटीको ‘रक्तदान जीवनदान’ को नारालाई सार्थक बनाउँदै विभिन्न शाखामा रक्तदान कार्यक्रम सञ्चालन गरेको पनि जनाएको छ ।

प्रकाशित : ८ बैशाख २०७६, आईतवार १२:१०