ग्रामीण विकास लघुवित्तको हकप्रद शेयर कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ग्रामीण विकास लघुवित्तको हकप्रद शेयर कहिले ?



काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको ३२ लाख ७५ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । यो वित्तीय संस्थाले यही बैशाख २७ देखि जेठ ३० गतेसम्मका लागि हकप्रद शेयरको बिक्री खुला गर्ने भएको छ ।

यो वित्तीय संस्थाले एक सय रुपैयाँ अंकीत उक्त हकप्रद निकालेको हो । यकास हालेको चुक्ता पुँजी ६५ करोड ५० लाख रुपैयाँमा एक शेयर बराबर नयाँ शुन्य दशमलव शुन्य पाँच प्रतिशत (१ः०५) को अनुपातमा हकप्रद जारी गरेको हो ।

गत बैशाख २८ गतेभित्र कारोबार गरेर शेयरधनीका लागि हकप्रद निष्कासन गरेको हो । यसको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक एनआइबीएल एस क्यापिटल लिमिटेड हो ।

प्रकाशित : १० बैशाख २०७६, मंगलवार ०८:१५