सिभिल बैंकको मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

सिभिल बैंकको मूल्य समायोजन



काठमाडाै । सिभिल बैंकको १०.२५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । मूल्य समायोजनपछि मंगलबार यसको सेयर कारोबार प्रतिकित्ता १५५ रुपैयाँ १० पैसालाई आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य १८३ रुपैयाँ ५५ पैसा छ ।

सिभिलले वैशाख २७ गते दुई आर्थिक वर्षको साधारण सभा एकै पटक गर्दैछ । उक्त साधारण सभा गर्नका लागि मंगलबारदेखि बुक क्लोज भएको हो । सभामा आव २०७३।७४ को नाफाबाट १०.२५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.५४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश हुनेछ ।

यस्तै, आव २०७४।७५ को नाफाबाट पनि ४.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव रहेको छ । सिभिलले अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जाने सम्झौता गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा समेत राखेको छ । सभा अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

प्रकाशित : १० बैशाख २०७६, मंगलवार १२:१७