प्रभु बैंकको ‘अनलाईन खाता सेवा’ संचालनमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

प्रभु बैंकको ‘अनलाईन खाता सेवा’ संचालनमा



काठमाडौं । प्रभु बैंक लिमिटेडले ‘अनलाईन खाता सेवा’ संचालनमा ल्याएको छ । बैंकले ग्राहकको सुविधालाई मध्येनजर गर्दै अत्याधुनिक प्रविधि सहित गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउँदै आएकामा अब अनलाइनमार्फत समेत खाता खोल्न सकिने भएको छ । बैंकले घर, कार्यालय तथा आफु रहेको जुनसुकै स्थानबाट सरल र सहज रुपमा प्रभु बैंकमा अनलाईन खाता खोल्न सक्ने जानकारी दिएको छ । ग्राहकले खाता खोल्न बैंकको वेवसाईटमा रहेको अनलाईन एसी ओपनिङ गरी अनलाईन खाता खोल्न सक्ने जानकारी दिएको छ ।

प्रकाशित : १० बैशाख २०७६, मंगलवार १८:०५