सान्जेन र रसुवागढीको आइपीओ भर्ने म्याद २ दिन थप « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

सान्जेन र रसुवागढीको आइपीओ भर्ने म्याद २ दिन थप



काठमाडाै । धितोपत्र बोर्डले सान्जेन र रसुवागढीको आइपीओ भर्ने म्याद २ दिन थप गरेको छ । अब लगानीकर्ताले बिहीबार (वैशाख १२ गते) सम्म यसमा अवोदन दिन सक्नेछन् । दुवै कम्पनीको आइपीओमा माग भन्दा बढी आवेदन परेकाले मंगलबारदेखि बन्द गर्न लागिएको थियो ।
तर सीडीएससीको मेरो सेयर एपमा समस्या आएका कारण आम लगानीकर्ताले सजिलै सेयर भर्न नपाएको गुनासो गरेपछि २ दिन समय थप गरिएको धितोपत्र बोर्डले जानकारी दिएको छ ।

प्रकाशित : १० बैशाख २०७६, मंगलवार १८:३०