महालक्ष्मी विकास बैंक र नेशनल बैंकिङ्ग ईन्स्टिच्यूट बीच सम्झाैता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

महालक्ष्मी विकास बैंक र नेशनल बैंकिङ्ग ईन्स्टिच्यूट बीच सम्झाैता



काठमाडौँ । महालक्ष्मी विकास बैंक र नेशनल बैंकिङ्ग ईन्स्टिच्यूट बीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतामा महालक्ष्मी विकास बैंककोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र नेशनल बैंकिङ्ग ईन्स्टिच्यूट को तर्फबाट प्रमुख कार्यकारी अधिकारी संजिब सुब्बाले हस्ताक्षर गरे ।

यस समझदारीपत्रमा उल्लेख भए बमोजिम महालक्ष्मी विकास बैंकका १०० भन्दा बढी कर्मचारीहरुलाई नेशनल बैंकिङ्ग इन्स्टिच्यूटले प्रदान गर्दै आईरहेको बिशिष्टिकृत बैंकिङ्ग प्रमाणीकरण JANBI कोर्स प्रदान गर्ने सहमति भएको छ ।

बैंकका कर्मचारीहरुको क्षमता एवम् दक्षता अभिबृद्धि गर्ने प्रयास स्वरुप यो कोर्सको विकास गरिएको हो । विशेष गरी सहायक तह देखि सहायक प्रबन्धक तह सम्मका कर्मचारीहरुको दक्षता तथा कुशलता पूर्वक कार्य सम्पादन गर्ने क्षमता अभिवृद्धि गर्ने हेतुले बैंकको तर्फबाट सो समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले यस कोर्समा आवद्ध हुने आफ्ना कर्मचारीहरुले यस कोर्स उतीर्ण गरी JANBI प्रमाणपत्र प्राप्त गर्न सक्ने जानकारी गराए ।

प्रकाशित : ११ बैशाख २०७६, बुधबार १२:०८