काठमाडौँ । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले “खोलौं बैंक खाता अभियान २०७६” अभियानलाई सफल बनाउन “मेरो बचत खाता” सार्वजनिक गरेको छ ।
बैशाख १ गते देखि लागू गरिएको मेरो बचत खाता अन्तर्गत हरेक खातामा बैंकले रु.१ सय जम्मा गरिदिने व्यवस्था मिलाएको छ । साथै, अत्यन्त सरल प्रकृयावाट उक्त खाता खोल्न सकिने बैंकले जनाएको छ । बैंकका अधिकांश शाखा कार्यालयहरु ग्रामिण क्षेत्रमा रहेकाले यस क्षेत्रका हरेक व्यक्ति माझ बैंकिङ्ग सेवा सुविधा पुरयाउने बैंकले जानकारी गराएको छ ।
Comment