फ्रि भिसा र टिकटको नाममा कमाउधन्दा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

फ्रि भिसा र टिकटको नाममा कमाउधन्दा



काठमाडौं । गत असार १० गते श्रम मन्त्रालयले एक सूचना जारी गर्दै फ्रि भिसा र फ्रि टिकटमा न्यूनतम लागतमा कामदार विदेश पठाउने निर्णय गरे पनि प्रभावकारी हुन सकेन । सरकारले म्यानपावर व्यवसायीहरुको चर्को विरोधका बाबजुद पनि श्रम तथा रोजगार मन्त्रालयले असार २१ गतेदेखि फ्रि भिसा र  टिकटको निर्णय गरेको थियो ।

सरकारले मलेसियाका ट वटा खाडी मुलुकमा सेवा शुल्क १०  हजारमा वैदेशिक रोजगारमा कामदार पठाउने निर्णय गरेको थियो । बहराइन, कतार, साउदी अरब, दुबई, ओमान, कुबेत र मलेसियामा काम गर्न जाने कामदारहरुका लागि गरिएको निः शुल्क भिसा र टिकटको व्यवस्था हुन नसक्दा सरकारी निर्णय हावादारी सावित भएको छ । नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

प्रकाशित : १ फाल्गुन २०७२, शनिबार ००:५६