एकसय ३० कम्पनीलाई क वर्गमा वर्गीकरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एकसय ३० कम्पनीलाई क वर्गमा वर्गीकरण



काठमाडौं । नेपाल स्टक एक्सचेन्जले एकसय ३० कम्पनीलाई क वर्गमा वर्गीकरण गरेको छ । नेप्सेले सूचीकृत दुईसय ३५ कम्पनीमध्ये एकसय ३० वटालाई क वर्गमा वर्गीकरण गरेको हो ।

नेप्सेका अनुसार वाणिज्य बैंक समूहबाट २६, विकास बैंक समूहबाट ५६, जलविद्युत समूहबाट तीन, वित्त समूहबाट २५, बीमा समूहबाट १७ उत्पादनबाट एक तथा अन्य समूहबाट एक गरी एकसय ३० कम्पनी क वर्गमा परेका हुन् ।

धितोेपत्र सूचीकरण विनियमावली अनुसार चुक्ता पुँजी दुई करोड रुपैयाँ भएका, साधारण शेयरधनीहरुको संख्या कम्तिमा एकहजार भएका, कम्तिमा तीन वर्षदेखि लगातार नाफामा रहेको, सेयरको किताबी मूल्य चुक्ता मूल्य भन्दा कम नभएको र आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र उक्त आर्थिक वर्षको कारोबार तथा आय–व्यय विवरण पेश गरेको कम्पनी क वर्गमा पर्न सक्छन् ।

आर्थिक वर्ष २०५३/५४ देखि नेप्सेले वर्गिकरण गर्दै आएको छ । नेप्सेको वर्गिकरण इतिहासमा सबैभन्दा धेरै कम्पनी आर्थिक वर्ष २०६८/६९ मा क वर्गमा वर्गिकृत भएका थिए । त्यो वर्ष एकसय ३३ कम्पनी क वर्गमा परेका थिए । गत आवमा एकसय १४ कम्पनी क वर्गमा परेका थिए ।

अन्य समूह: नेपाल टेलिकम

जलविद्युत समूह:
चिलिमे जलविद्युत कम्पनी लिमिटेड
अरुणभ्याली हाइड्रोपावर कम्पनी लिमिटेड
बुटवल पावर कम्पनी लिमिटेड

होटल समूह: सोल्टी होटल लिमिटेड

प्रकाशित : १ फाल्गुन २०७२, शनिबार ०१:०७