एलटी इन्टरप्राइजेज अशोक लेलैण्डको अधिकृत बिक्रेतामा नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

एलटी इन्टरप्राइजेज अशोक लेलैण्डको अधिकृत बिक्रेतामा नियुक्त



650x432xasohk.jpg.pagespeed.ic.ZuhJJErg1qकाठमाडौं । एलटी इन्टरप्राइजेज अशोक लेलैण्ड गाडीको नेपालको अधिकृत बिक्रेतामा नियुक्त भएको छ । आईएमई ग्रुप अन्तर्गत रहेको यो कम्पनीले अशोक लेलैण्ड गाडीको बिक्री गर्नेछ ।
अशोक लेलैण्ड भारतको दोस्रो ठुलो बस, ट्रक निर्माण गर्ने कम्पनी हो । कम्पनीले  १.५ टन क्षमताको साना पिकअप, सात सिट क्षमताको एमपिभी देखि लिएर ४९ टन क्षमता सम्मका ठुला ट्रयाक्टर–टेलरहरु र ५०÷६० सिट क्षमताका बस, ट्रिपर ट्रक उत्पादन गर्छ । अधिकृत बिक्रेता एलटी इन्टरप्राइजेजले मुलुकका प्रमुख ५ स्थानमा सेल्स÷सर्भिस÷स्पेयर्सको ब्यवस्था सहित सुविधा सम्पन्न शोरुम र वर्कसप संचालनमा ल्याउने विज्ञप्तिमार्फत जनाएको छ ।

कम्पनीले मुलुकभर अधिकृत सर्भिस सेन्टर र स्पेयर पार्टस संचालनमा ल्याएर बिक्रीपछिको सेवा उच्चस्तरको दिने प्रतिवद्धता जनाएको छ ।  आईएमई समूहले यसअघिनै एएमडब्लु ब्राण्डको ट्रक ट्रिपर, सामे ब्राण्डको ट्रयाक्टर, यूएम ब्राण्डको मोटरसाईकल, स्कर्ट ब्राण्डको कन्स्ट्रक्शन इक्विप्मेन्ट बिक्री गर्दै आएको छ ।

प्रकाशित : ८ जेष्ठ २०७२, शुक्रबार १४:११