कहाँ कहाँबाट भर्न सकिन्छ नेपाल इन्भेष्टमेन्टको एफपीओ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कहाँ कहाँबाट भर्न सकिन्छ नेपाल इन्भेष्टमेन्टको एफपीओ



काठमाडौँ । लामो समयको प्रतिक्षापछि नेपाल इन्भेष्टमेन्ट बैंकले एफपीओ सेयर आह्वान गरेको छ । बैंकले ९० लाख ६९ हजार ३ सय ८८ कित्ता एफपीओ सेयर फागुन ११ गतेबाट निष्कासन हुनेगरी कम्पनीले आह्वान पत्र निकालेको छ । प्रति कित्ता एकसय रुपैयाँ दरको शेयरमा ५०१ रुपैयाँ प्रिमियम थपेर ६०१ रुपैयाँमा बिक्री गर्ने जनाएको हो ।

इच्छुक लगानीकर्ताले कम्तीमा १० कित्ता र बढीमा २ लाख कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् । सेयर निस्कासन चाँडोमा फागुन १४ गते बन्द हुने छ भने ढिलोमा फागुन २७ गते बन्द हुने छ ।

कहाँ कहाँबाट भर्न सकिन्छ

सेयर आवेदन नेपाल इन्भेष्टमेन्ट बैंकको दरवारमार्गको प्रमुख कार्यालय तथा शाखा कार्यालयहरु न्यूरोड, पुतलिसडक, ठमेल, कालिमाटी, बत्तिसपुतली, गंगबु, बौद्ध, त्रिपुरेश्वर, भोटाहिटी, नयाँ बानेश्वर, धुम्बाराही, लाजिम्पाट, महाराजगञ्ज, पुल्चोक, लगनखेल र सिपाडोलबाट आवेदन दिन सकिन्छ । त्यस्तै नागरिक लगानी कोष नयाँ बानेश्वर र एनआईबीएल क्यापिटल लाजिम्पाटबाट पनि आवेदन दिन सकिन्छ ।

उपत्यकाबाहिर वीरगन्ज, बुटवल, भैरहवा, जितपुर, बनेपा, पोखरा, नारायणगढ, पर्सा बजार, पटिहानी, जनकपुर, नेपालगन्ज, धनगढीबजार, सुर्खेतबजार, जुम्लाको खलंगा, हेटौडा, तानसेन, लुक्लाको चौरीखर्क, तुलसीपुर, कपिलबस्तुको कृष्णनगर, उदयपुरको गाइघाट, सर्लाहीको लालबन्दी र बरथहवा, तनहुँको दमौली, स्याङ्जाको वालिङ र रामेछापको मन्थलीबाट आवेदन दिन सकिने प्रबद्र्धक नागरिक लगानी कोषले जनाएको छ ।

प्रकाशित : २ फाल्गुन २०७२, आईतवार १६:०९