नेप्से १२ दशमलव ८३ अंकले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

नेप्से १२ दशमलव ८३ अंकले बढ्यो



काठमाडाै । बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १२ दशमलव ८३ अंकले बढेर १ हजार २ सय ९२ दशमलव १२ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक २ दशमलव ७३ अंकले बढेर २ सय ७९ दशलमव ६७ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

यसदिन १ सय ७६ कम्पनीको ४५ लाख २२ हजार २६ कित्ता शेयर खरिदबिक्री भई १ अर्ब ३५ करोड ८४ लाख २९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । हिजोको तुलनामा आज कारोबार बढेको छ । यस दिन पनि कारोबार सबैभन्दा बढी नेपाल बैंकको भएको छ । जसको कारोबार १८ करोड ४१ लाख रुपैयाँको भएको छ । जसको बजार मुल्य ३१५ रुपैयाँ रहेको छ ।

त्यस्तै यस दिन सर्वा्िधक कमाउनेमा एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मुल्यमा ९ दशमलव ८४ प्रतिशतले वृद्धि गरेको छ । साथै सर्वा्िधक गुमाउनेमा ताराँगाँउ रेजेन्सी होटलका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्य आज ९ दशमलव ९० प्रतिशतले घटेको छ ।

प्रकाशित : १२ बैशाख २०७६, बिहीबार १५:४४