सबै प्रदेश सरकारले स्थानीय स्तरमा ६ दिन सार्वजनिक विदा दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

सबै प्रदेश सरकारले स्थानीय स्तरमा ६ दिन सार्वजनिक विदा दिने



काठमाडौँ । यो वर्ष देखि सबै प्रदेश सरकारले स्थानीय स्तरमा ६ दिन सार्वजनिक विदा दिने भएको छ । विहीबार  बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निणर्य गरेको हो । बैठकले प्रदेश स्थापना दिवसको दिन फागुन ३ गते ,बकर इद , माघी र माघे सक्रान्तिमा माघ १ र २ गते जातजाति र समुदाय अनुसार प्रदेशले विदा दिन पाउने निणर्य गरेको छ ।

त्यस्तै स्थानीय चाडपर्वलाई मध्ययनजर गर्दै स्थानीय तहबाट १ दिन र स्थानीय समुदायबाट थारुहरुको अवतारी , मगरहरुको भूजिया र मुस्लिमहरुको रामजान ,जितगढी विजय उत्सव , भगवती जात्रा जस्ता पर्वमा पनि विदा दिने भएका हुन्।

प्रकाशित : १३ बैशाख २०७६, शुक्रबार ११:४७