नेपाल लाइफ इन्स्योरेन्सको साधारण सभा जेठ ४ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल लाइफ इन्स्योरेन्सको साधारण सभा जेठ ४ गते



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको १९ औं वार्षिक साधारण सभा जेठ ४ गते हुने भएको छ । कम्पनीले शेयरधनीहरुको लागि २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि प्रतिशेयर रू. २३ दशमलव ५० नगद लाभांश दिने भएको छ । कम्पनीले अधिकृत पूँजीलाई वृद्धि गरी रू. १० अर्ब कायम गर्ने विषय सभाको प्रस्तावमा राखेको छ ।

सभाले वार्षिक प्रतिवेदनमा छलफल गरी पारित गर्ने तथा सञ्चालक समितिबाट रिक्त रहेको संस्थापक समूहमा बाँकी अवधिको लागि चयन गरेको नियुक्तीलाई अनुमोदन गर्ने विषय राखेको छ । कम्पनीले साधारण सभाको लागि शेयरधनी दर्ता पुस्तिका वैशाख १९ गतेदेखि जेठ ४ गतेसम्म बन्द गर्ने भएको छ ।

प्रकाशित : १३ बैशाख २०७६, शुक्रबार १२:१८