पुनर्निर्माणमा कछुवा गति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

पुनर्निर्माणमा कछुवा गति



काठमाडौं । करिब नौ हजारजनाको ज्यान लिने गरी गएको विनाशकारी भूकम्पले पुर्‍याएको क्षतिको वास्तविक मूल्यांकन गर्ने सर्वेक्षण सक्न अझै दुई महिना लाग्ने भएको छ ।

माघ मसान्तसम्म सक्ने योनाका साथ पुस १५ गते सुरु गरिएको दोलखाको सर्वेक्षणमा ४० हजार घरको प्रतिवेदनमात्रे केन्द्रमा आइपुगेका कारण निर्धारित समयमा काम नसकिने देखिएको आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

एक हजार चार सय इन्जिनियर परिचालन गरेर ११ जिल्लामा सञ्चालन गरिएको सर्वेक्षणबाट ७६ हजार घरको प्रतिवेदन आइपुगेको  तथ्यांक विभागका निर्देशक ढुण्डिराज लामिछानेले बताए ।

लामिछानेका अनुसार ११ जिल्लाको सर्वेक्षण पूरा हुन दुई महिना लाग्ने देखिएको छ । थप १ सय २५ इन्जिनियर परिचालन गर्ने तयारी छ, उनले भने केही त दोलखाबाट फर्किएको जनशक्ति पनि हुनसक्छ । सर्वेक्षण दोलखाका सात वटा गाविसमा मात्रै पूरा भएको छ ।

प्रकाशित : ३ फाल्गुन २०७२, सोमबार ०४:१९